काठमाडौं । महाशिवरात्रीको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गरेका छन् । राष्ट्रपति डा.रामवरण यादवले महाशिवरात्री दिन पशुपतिनाथमा पुगेर मुलुकमा छिटो संविधान जारी होस् भन्ने कामना गरेका छन् ।
पशुपतिनाथमा विशेष पूजाआजा गरेर फर्किने क्रममा उनले संचारकर्मीसँग पशुपतिनाथसँग शान्ति र संविधान मागेको जानकारी दिए ।बेलुका पाँच बजे पशुपति पुगेका राष्ट्रपति करिब बीस मिनेट लामो विशेष पूजा गरेर फर्केका थिए ।
यसैगरी उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालाले पनि पशुपतिनाथमा गएर विशेष पूजा गरेका छन् ।