म्याग्दी । रक्त क्यान्सरबाट पीडित म्याग्दीको पिप्ले– ३ की १७ वर्षीया अञ्जु कार्कीको उपचारार्थ राखु समाज युकेले आर्थिक सहयोग गरेको छ ।
समाजका अर्जुन मल्ल याम को नेतृत्वमा त्यहाँ सङ्कलित एक लाख ४५ हजार ४०० मङ्गलबार हस्तान्तरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी भगवती उपशाखाद्वारा आयोजित कार्यक्रममा उक्त रकम पीडित अञ्जुको घरपरिवारलाई उपलब्ध गराएको हो ।