chickenबर्दिया । भारतबाट अवैधरुपमा ब्रोइलर कुखुराको चल्ला नेपाल ल्याउँदै गरेको अवस्थामा आज बिहान सात भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बहराइच जिल्लाको बलइ बजारबाट नेपाल ल्याउँदै गरिएको एक हजार २० वटा कुखुराका चल्लासहित सात भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका र कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन गुलरिया बर्दियामा पठाइएको छ ।

सम्बन्धित खबरहरु