सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको विभिन्न क्षेत्रमा विद्युत् चोरीका घटना अत्याधिक बढेपछि नेपाल विद्युत् प्राधिकरणले कारबाही अगाडि बढाउन सुरु गरेको छ ।
अनाधिकृत रुपमा हुकिङ गर्ने, चोरी गर्ने र विद्युत्को दुरुपयोग गर्ने घटना बढ्दै गएकाले कारबाही गर्न सुरु गरेको नेपाल विद्युत् प्राधिकरण उपशाखा चौताराले जनाएको छ ।
जिल्लामा यसअघि ४६ प्रतिशत विद्युत् चुहावट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यसलाई नियन्त्रण गर्न चासो राख्दै प्राधिकरणले गाउँगाउँमा अनुगमनसहित विद्युत् चोरी नियन्त्रण ऐनअनुसार कारबाही गर्न अभियान थालेको छ ।
विद्युत्को महसुल नतिर्नेमा धेरैजसो राजनीतिक दलका पार्टी कार्यालय रहेका छन् । विद्युत् उपयोग गरी दुई महिनाभन्दा बढीको महसुल तिर्न बाँकी रहेका ग्राहकको लाइन धमाधम काट्न सुरु गरिएको छ ।
मिटर रिडिङ गर्न समेत गाउँ नजाने विद्युत प्राधिकरणले वेवास्ता गरेको कारण ग्रामिण क्षेत्रमा चुहावत हुने गरेको स्थानियको आरोप छ । बिद्युतमा आइपर्ने समस्या, पोल भाचिदा, तार चुढिदा, लाइन सट हुदा समेत बिद्युत प्राधिकरणले कुनै वास्ता नगर्ने गरेकोले ग्रामिण क्षेत्रका सर्वसाधारणले समस्या भोग्ने गरेका छन् ।