सलमान खान जेल पर्ने भए

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ६ फाल्गुण, २०७१

salman khanएजेन्सी । बलिउडका सबैभन्दा चर्चित अभिनेता सलमान खान जेल पर्ने भएका छन् । उनी विरुद्धको मुद्दामा वकालत गर्ने र वयान दिने सबैले उनलाई नै दोषी देखाएपछि उनी जेल पर्ने सम्भावना बढेको हो ।

सन् २००२ मा रक्सी खाएर बान्द्रस्थित सडकमा गाडी हाँक्दा एक सडक यात्रुलाई मारेको अभियोगमा उनीमाथि मुद्दा चलीरहेको छ । उक्त घटनामा एक यात्रुको मृत्यु हुनका साथै चार घाइते भएका थिए ।

सलमानले नशाको सुरमा गोली चलाउँदा ति व्यक्तिको मृत्यु भएको आरोप उनीमाथि लागेको छ । तर, सलमानले भने आत्म रक्षाकालागि गोली चलाएको दाबी गर्दै आएका छन् ।

अझ रहस्यमय कुरा त उनले सन् २००४ मा मात्र सवाई चालक अनुमतिपत्र लिएको खुलासा भएपछि उनीमाथिको कारबाहीले बेग्लै रुप लिन लागेको हो ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७