ban vs afgकाठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई १ सय ५ रनले पराजित गरेको छ । २ सय ६८ रनको चुनौती पाएको अफगानिस्तान ४२. ५ ओभरमा सबै विकेट गुमाएर १ सय ६२ रनमै समेटियो ।

अफगानिस्तानका लागि मोहमद नाबीले ४३ बलमा पाँच चौका प्रहार गर्दै ४४ रन बनाए भने समिउल्ला शेनवरीले ७५ बलमा दुई चौका प्रहार गर्दै ४२ रन जोडे ।

यस्तै नवरोज मंगालले २७ रन, नजिबुल्ला जर्दनले २७ रन बनाए । बंगलादेशका लागि मसराफी मोर्ताजले ३, सकिब अल हसनले २ विकेट, रुबेल हसन, तस्किन अहमद र महमुल्लाले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २६७ रन बनाएको थियो ।

बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ६३ रन बनाए भने अनमुल हकले २९, सोम्य सरकारले २८, मोहमदुल्लाहले २३ रनको योगदान गरे ।

अफगानिस्थानका लागि हमिद हसन, सापूर जद्रान, अफ्ताव आलम र मिरवाईस असरफले समान २ तथा मोहम्मद नाबीले १ विकेट लिए । अफगानिस्तान केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

सम्बन्धित खबरहरु