Narendra-Modiनयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुट लिलामीमा राखिएपछि एक खरिदकर्ताले त्यसको मूल्य झण्डै २ करोड लगाएका छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामाको भारत भ्रमणको क्रममा मोदीले लगाएको सुट लिलामीमा राखिएको छ ।

सुटभरी स्वर्ण अक्षरमा नरेन्द्र मोदी लेखिएको छ । एक प्रशंसकले उक्त सुट मोदीलाई उपहार दिएका थिए ।

१० लाख भारु मूल्य भनिएको उक्त सुट मोदीले लगाएका कारण राष्ट्रिय/अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएको र विपक्षी कांग्रेस आईले आलोचना गर्दै आएको छ ।

गुजरातको सुरतमा उक्त सुट सहित मोदीका केही अन्य सामग्री लिलामीमा राखिएको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु