hadtalकाठमाडौ । सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा एमालेका विपक्षी भातृ सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेस र नेपाल ट्रेड युनियन महासङ्घले हड्ताल गर्न पाउने श्रमिकको अधिकारलाई नयाँ संविधानमा मजदूरहरुको मौलिक अधिकारको रुपमा समावेश गर्नुपर्ने माग गरेका छन् ।

फेब्रुअरी १८ अर्थात विश्व आम हडताल दिवसका उपलक्षमा नेपाल ट्रेड युनियन काँग्रेस र नेपाल ट्रेड युनियन महासङ्घले आज यहाँ आयोजना गरेको ‘हडतालको अधिकार नदिए हामी सबै दास हुन्छौँ’ शीर्षकको अन्तरक्रियामा सो महासङ्घका अध्यक्ष विष्णु रिमालले शासक बर्ग र पूँजीपति वर्ग शोषण र अत्याचारविरुद्ध श्रमिक एक भई आम हडताल गर्न पाउने अधिकार नेपालमा विस्तारै निष्तेज गर्न खोजिएको भन्दै यदि यो अधिकार गुमायौं भने श्रमिकहरु दासमा परिणत हुने बताए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु