gyanendra-shahकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तत्कालीन राजनीतिक दलहरु र आफूबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित केही सहमति तथा समझदारी भएको खुलासा गरेका छन् ।

६५ औं प्रजातन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिदै शाहले यस्तो खुलासा गरेका हुन् ।

‘तत्कालिन राजनीतिक दलहरु र मेराबीच प्रजातन्त्रको मूल्य र मान्यतामा आधारित जे जति सहमति, समझदारी एवम् व्यवस्थापकीय गतिविधि भएका थिए, तीनको स्मरण गराउन चाहान्छु’, उनले भनेका छन्। तर सन्देशमा के कस्ता सहमति र समझदारी भएका थिए भन्ने खुलाइएको छैन ।

बुधबार एक वक्तव्य जारी गर्दै पुर्वराजा शाहले नेपालको संविधान पुर्णरुपमा आएर मूलूकको राज्यव्यवस्थाले स्थिरता र गतिशीलता प्राप्त गरोस् भन्दै प्रजातन्त्र दिवसको शुकामना दिएका छन् ।

उनले ६४ वर्षअघि प्रजातन्त्र प्रेमी जनता र राजाको समन्वयकारी प्रयासमा नेपालमा प्रजातन्त्र आएको उल्लेख गरेका छन् । आजको अन्नपुर्णपोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु