काठमाडौं । प्रमुख नेताहरूबीच भागबन्डा विवादले एमालेको केन्द्रीय समितिमा १५ जना मनोनयन र नेताहरूको कार्यविभाजन प्रक्रिया लम्बिएको छ ।
नेताहरुवीच कुरा नमिलेका कारण बुधबार बस्ने भनिएको स्थायी समितिको बैठक नै माघ १० सम्मका लागि स्थगित गरिएको छ ।
तर कार्यव्यस्तताका कारण बैठक सारिएको नेताहरुले बताएका छन् । ‘नेताहरुबीचको गृहकार्य पनि पुगेन र अन्य कार्यक्रममा व्यस्त हुने भएकाले बैठक नबसकेको हो’ सचिव योगेश भट्टराईले भने ।
नेताहरूले केन्द्रीय समितिमा मनोनीत हुने १० जना पूर्ण र ५ जना वैकल्पिक केन्द्रिय सदस्यका लागि आ–आफू निकट व्यक्तिहरु अघि सारेकाले विवाद भएको हो । स्रोतका अनुसार अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूहबीच क–कसलाई मनोनयन गर्ने भन्नेमा विवाद छ । आजको कान्तिपुरमा समाचार छ ।