काठमाडौं । सरकारले निजामती कर्मचारी तथा निजका परिवारलाई असामान्य रोग लागेमा दश लाख रुपैयाँसम्मको औषधि उपचार खर्च दिने तयारी गरेको छ । यसका लागि सामान्य प्रशासन मन्त्रालयले कर्मचारी कल्याणकारी कोषको नियमावलीको मस्यौदा तयार गरी केही दिनभित्रै मन्त्रिपरिषदमा पेश गर्दैछ ।
नियमावलीमा हरेक कर्मचारीको तलबबाट मासिक एक प्रशित रकम कट्टा गरी उक्त कोषमा जम्मा गरी उक्त कोषमा जम्मा गरिने र सरकारले सो कोषका लागि बजेट भाषणमै वाषिर्क पाँचदेखि सात करोड रुपैयाँ छुट्टयाउने व्यवस्था गरिने सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएको गोरखापत्रमा खबर छ ।
‘यो नियमावली पारित भएपछि असामान्य बिराम लागेका कर्मचारीले दश लाख रुपैयाँसम्मको औषधिउपचार खर्च पाउनेछन्,’ अधिकारीले भने, ‘यो व्यवस्थाले कर्मचारीलाई ठूलो राहत मिल्ने हामीले विश्वास लिएका छौं ।’