schoolसिन्धुपाल्चोक । बाँडेगाउँस्थित ऐसेलुखर्क उमाविकले आफ्नो ९ सय रोपनी (करिब ६८ विघा) जग्गा कौडीको भाउमा भाडामा दिएको छ ।

नवलपुर-८ स्थित जग्गा ४९ वर्षका लागि प्रति रोपनी १६१ रुपैयाँ भाडा लगाएपछि स्थानीय आन्दोलनको तयारीमा छन् । यो क्षेत्रमा प्रतिरोपनी एक हजारदेखि १५ सय रुपैयाँसम्म चलनचल्तीमा छ । तर, विद्यालयले ९ सय रोपनी जग्गाबाट मासिक १२ हजार ७५ रुपैयाँमात्र भाडा पाउने कारोबार दैनिकमा खबर छ ।

आफूहरुले वर्षौदेखि उपभोग गर्दै आएको घर, जंगलसहितको जग्गामा मोहियानी हक बेवास्ता गर्दै विद्यालयले आफूखुशी भाडा सम्झौता गरेको भन्दै स्थानीय आक्रोशित छन् । भाडामा लिनेले सम्झौताअनुरुप काम गरे १३ घर पूर्ण विस्थापित हुनेछन् । सम्झौता रद्द नभए स्थानीयले आन्दोलन तयारी गरिरहेका छन् ।

स्थानीय सरोकारवालासँग सल्लाह र समन्वय नै नगरी विद्यालयको जग्गा चौताराका रामचन्द्र श्रेष्ठ, सुदर्शन प्रधान र रवीन्द्र श्रेष्ठलाई भाडामा दिइएको छ । सोही जग्गामा अवस्थित जुँगे प्राविका विद्यालय ब्यस्थापन समितिका कार्यवाहक अध्यक्ष लवङ लामाले सम्झौता खारेज गर्न शिक्षा मन्त्रालय, शिक्षा विभाग र दोस्रो पक्षबीच भएको सम्झौता खारेज गरी स्थानीयको रोहबरमा पुन? अर्को सम्झौता नभए आन्दोलन गर्ने उनले चेतावनी दिए । उनकै नेतृत्वमा बसेको वैठकले ६६ स्थानीयको हस्ताक्षरसहित सम्झौता खारेजीको माग गरेको हो ।

सम्बन्धित खबरहरु