७ फागुन, सोलुखुम्बु । सोलुखुम्बुमा चट्याङले लागेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ ।
बुधबार साँझ परेको चट्याङले लागेर वाकु गाविस बडा नं १ का मोतिलाल घिमिरेका छोरा ४२ वर्षका दण्डिप्रसाद घिमिरे, नन्दराज रसाईलीकी ११ वर्षकी छोरी बालकुमारी राई र ससुरालीमा रहेका करिब ३६ वर्षका रमेश बिकको मृत्यु भएको हो ।
साँझ परेको चट्याङले लागेर तीन जनाको घटनास्थलमै मृत्यु भएको मृतक घिमिरेका दाजु जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका कार्यालय प्रमुख नेत्र प्रसाद घिमिरेले जानकारी दिए ।
चट्याङले एकै गाँउका तीन जनाको मृत्यु भएपछि पुरै गाउनै स्तब्ध भएको छ । गाविसमा वितरीत ११ किलोवाटको पेल्ट्रिकसेट पावरहाउस नजिकै चट्याङ परेको थियो ।