aaglagi७ फागुन, दाङ । दाङको तुलसीपुर ७ कल्लेमा बिहीबार बिहान भएको आगलगाीमा चार घर र तीन गोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट स्थानीय दुर्गाबहादुर घर्तीका दुइटा घर तथा एउटा गोठ, रामबहादुर रोकाका एउटा घर र गोठ, रेशमबहादुर रोकाको एक घर र गोठ जलेर नष्ट भएको हो ।

आगलागीबाट घरमा रहेको सरसामान, अन्नपात, लत्ताकपडा जलेका छन् । त्यस्तै गोठमा रहेका १० बाख्रा र एउटा गाई जलेर मरेको स्थानीय यज्ञबहादुर बुढाले जानकारी दिए ।

दुर्गाबहादुरको घरबाट सल्कीएको आगो सबैघरमा लागेपछि बिहान करिब २ बजे मात्रै थाहा पाएको पीडितहरुले बताएका छन् । प्रहरी भने उक्त घटनाप्रति बेखबर छ । घटनास्थल टाढा भएकाले यकिन जानकारी पाउन गाह्रो भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख चक्रराज जोशीले बताए ।

सम्बन्धित खबरहरु