BIRAT-GOLDCUP-235x300६ फागुन, बिराटनगर । झापा ११ बिराटनगरमा जारी तेस्रो विराट गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा जगदम्बा लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा ११ उपाधि नजिक पुगेको हो ।

सहिद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलदेखि नै लुम्बिनीलाई दबावमा राखेको झापाले गोल गर्ने अवसरहरु चुकाएका थिए ।

खेलको ४१ औं मिनेटमा झापाका दिनेश राईको पासलाई हन्सु लिङदम्बले गरेको प्रहार जगदम्बाका गोल किपर दिलिप क्षेत्री पञ्च गरेर बचाएका थिए । त्यसको २ मिनेटमा जगदम्बाका अनिल गुरुङ वान भर्सेस वानमा गोलन गर्न चुके ।

तर, ४८ औं मिनेटमा कर्ण लिम्बुको पासलाई सदुपयोग गर्दै विशाल राई एले जगदम्बाका गोल किपर दिलिप क्षेत्रीलाई विट गर्दै जाली चुमाए । त्यसको ११ औ मिनेटपछि जगदम्बाका विश्वास श्रेष्ठले गरेको प्रहार झापाका दिलन मोक्तानले रोक्न खोज्दा आत्माघाती गोल भयो ।

७४ औ मिनेटमा विशालले गोल गर्ने सुन्दर मौका चकाए । खेलको ७७ औ मिनेटमा जगदम्बाका सुमन लामा र अनिल गुरुङले गरेको लगतारको प्रहारलाई झापाका गोल रक्षक दिनेश थापाले उत्कृष्ट बचाएका थिए ।

खेल सकिन एक मिनेट रहेको समयमा झापाका दिनेश कार्कीले गरेको प्रहार जगदम्बाका गोल रक्षक दिलिप क्षेत्रीले बचाएका थिए ।

निर्धारीत समयसम्म थप गोल गर्न नसकिएपछि खेल ३० मिनेट अत्तिरिक्त समय थपिएको थियो । अत्तिरीक्त समयको १६ औं मिनेटमा विशालले नै व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई जित दिलाए । खेलको म्यानअफ द म्याच झापाका विसाल राई ए घोषित भए ।

बिहीबारको अन्तिम सेमिफाइनल खेल मनाङ मस्र्याङदी र नेपाली आर्मी वीच हुनेछ ।

सम्बन्धित खबरहरु