६ फागुन, काठमाडौं । क्षेत्र नम्बर ५ नेपालगञ्ज महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा नेपालगञ्जले क्षेत्र नम्बर ३ काठमाडौंलाई ३ विकेटले पराजित गर्‍यो । जितसँगै ४ खेलबाट ६ अंक जोडेको नेपालगञ्ज समूह बीको उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

उसले अब ८ गते हुने दोस्रो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफको सामना गर्नेछ । समूह बीको विजेता क्षेत्र नम्बर ७ जनकपुरले क्षेत्र नम्बर ६ बैतडीले बिहीबार पहिलो सेमिफाइनल खेल्नेछ ।

पुल्चोकमा काठमाडौंले प्रस्तुत गरेको १४२ रनको लक्ष्य नेपालगञ्जले सन्जु चौधरकिो अर्धशतकको मदतमा ३०.३ ओभरमा ७ विकेट गुमाएर भेट्टयो । उसका लागि सन्जुले ५१ रन बनाइन् भने सम्झना शर्माले ३१ रनको योगदान दिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंलेे पाँच बल बाँकी छँदा सबै विकेट गुमाएर १४१ रन बनाएको थियो । उसका लागि राविना भण्डारीले ३१ र कमला राईले २४ रन जोडिन् ।

सजनी श्रेष्ठ र कञ्चन श्रेष्ठले समान २१/२१ रन बनाइन् । काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा समना सम्झना शर्मा, तिर्सना सिंह र गीता गोशाइले २-२ विकेट लिइन् ।

सम्बन्धित खबरहरु