UAEएसोसियट नेसन संयुक्त अरब इमिरेटस (यूएई) १९ बर्षपछि फेरि एकपटक विश्व क्रिकेटको ठुलो स्टेजमा आफुलाई प्रस्तुत गरेको छ ।

बिहीबार न्यूजिल्याण्डको नेल्सनमा उसले जिम्बावेबिरुद्ध खेल्दै आफ्नो विश्वकप २०१५ मा यात्रा सुरु गर्दैछ ।

यूएईले यसअघि सन् १९९६ को विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो । पहिलो विश्वकपमा समूह चरणबाटै बाहिरिएको यूएइले यसपटक केही राम्रा टिमलाइ हराउने लक्ष्य लिएको छ ।

१९९६ मा उसले नेदरल्याण्डलाई ७ विकेटले हराएको थियो भने अन्य चार खेलको नतिजा विपक्षीलाई सुम्पेको थियो ।बिहीबार यूएई टेष्ट मान्यता प्राप्त जिम्बावेलाई पराजित गर्दै इतिहास रच्ने प्रयासमा हुनेछ । उसले अहिलेसम्म वन डे क्रिकेटमा कुनै पनि टेस्ट टिमलाई हराउन सकेको छैन् ।

तर, जिम्बावे बिरुद्धको खेल युएईका लागि सहज भने हुने छैन् । जिम्बाबेले विश्वकपको आफ्नो पहिलो खेलमा दक्षिण बलियो टीम अफ्रिकाबिरुद्ध सम्मानजनक खेल प्रस्तुत गरेको थियो ।

विश्वकपमा सबैभन्दा पाका खेलाडी ४३ वर्षका खुर्राम खानको अनुभव र ब्याटिङ गर्ने क्षमताले युएइलाई थप बलियो बनाएको छ ।

मेलबर्नमा उनले अफागानबिरुद्ध अभ्यास खेलमा ८६ रन बनाएका थिए । उनी युएईका अलटाइम लिडिङ रन स्कोरर तथा विकेट टेकर पनि हुन् ।

युएईका ओपनर अमजद अली पनि पछिल्लो समय टीमका महत्वपुर्ण सदस्य बनेका छन् । ९ वन डे क्रिकेटमा ९८ रनको सर्वाधिक स्कोरसहित उनले अहिलेसम्म ३९२ रन बनाएका छन् ।

सम्बन्धित खबरहरु