Ronaldo७ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको प्रेरणामा रियल मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा शाल्केलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन रियल मड्रिडले शाल्केलाई २–० गोल अन्तरले पराजित गरेको हो । च्याम्पियन्स लिगमा रियल मड्रिडको यो लगातार दशौं जित हो, जुन २०१३ मा बार्यन म्युनिखले कायम गरेको रेकर्ड बराबर छ ।

खेलमा रियलले २६ औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । रोनाल्डोले पछिल्लो तीन खेलमा गोल गर्न सकेका थिएनन् । च्याम्पियन्स लिगमा भने उनको यो ५८ खेलमा ५८ गोल हो ।

खेलको ७९ औं मिनेटमा रोनाल्डोको पासमा मार्सेलोले गोल गर्दै रियलको जित सुनिश्चित गरे ।

दोस्रो लेग मार्च १० मा रियलको घरेलु मैदानमा हुनेछ ।

सम्बन्धित खबरहरु