ganesh thapa६ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाविरुद्धको मुद्दा तामेलीमा राखेको छ ।

अख्तियारले एन्फा अध्यक्ष थापा र राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको पत्रमा थापाको मुद्दा हाललाई तामेलीमा राखिएको उल्लेख छ । तर, के कारणले मुद्दा तामेलीमा राखिएको हो खुलाइएको छैन ।

अख्तियारका अधिकारीहरुले हाल मुद्दा तामेलीमा राखेपनि पछि थप प्रमाण भेटिए फेरि मुद्दा चल्न सक्ने बताए ।

एन्फामा ५८ करोडबढी भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले थापालाई एन्फा अध्यक्ष पद स्थगन गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि थापाले पद स्थगन गरेका छन् भने फिफाले समेत उनलाई चार महिनालाई निलम्बन गरेको छ ।

झण्डै दुई दशकदेखि एन्फाको अध्यक्ष रहेका थापाविरुद्ध एन्फाकै केही पदाधिकारीले अख्तियार र लेखा समितिमा उजुरी दिएका थिए ।

सम्बन्धित खबरहरु