इंग्ल्याण्डका कप्तान ओइन मोर्गनले आफनो खराब फर्मबारे ब्याख्या गर्न नसक्ने बताएका छन् ।
विश्वकपको पहिलो खेलमा इंग्ल्याण्ड अष्ट्रेलियासँग १११ रनले पराजित हुदाँ उनी डक आउट भएका थिए ।
पछिल्ला ५ इनिङमा उनी ४ पटक डकआउट भइसकेका छन् । शुक्रबार इङग्ल्याण्डले आफनो समूहको दोस्रो खेलमा न्यूजिल्याण्डको सामना गर्दै छ ।
उनले भने–मलाई थाहा छ मैले रन बनाउन सकिरहेको छैन । मलाई पनि अच्चम लाग्छ । मैले पहिले जसरी ब्याटिङ गर्थेँ, अहिले पनि त्यसरी नै गरिरहेको छु, जस्तो टुरको सुरुवातमा गरेँ । मैले टुरको सुरुवात शतक प्रहार गरेको थिएँ, त्यो पनि मात्र ५ खेल अघि ।’
आफ्नो खेलको आफैंले विश्लेषण गर्दा आफ्नो ब्याटिङमा आधारभूत रुपमा नै कमजोरी नदेखिएको भन्दै उनले न्यूजिल्याण्डबिरुद्ध फर्ममा आउन सक्ने बताएका छन् ।