Sushil Koiralaकाठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले आज एक सन्देशमार्फत ६५औं प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कोइरालाले जहाँनिया, तानाशाही र एकतन्त्री शासनबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवस –२०७१ को अवसरमा सबै नेपालीलाई हार्दिक बधाई दिदै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक शासनको स्थापना र विकासका लागि गरिएका २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन सहित विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्वान्जली अर्पण गरेका छन्  ।

सम्बन्धित खबरहरु