Zimbabwe v United Arab Emirates - 2015 ICC Cricket World Cupकाठमाडौं । अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा जारी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा जिम्बावे विजयी भएको छ ।

न्युजिल्याण्डको नेलसन सिटीमा भएको खेलमा जिम्बावेले युएईलाई ४ विकेटले पराजित गरेको हो । युएईले दिएको २८५ रनको लक्ष्य जिम्बावेले ४८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

जिम्बाबेलाई विजयी गराउँनका लागिसेन विलियम्सले सर्वाधिक ७६ रन बनाए भने ब्रेण्डन टेलरले ४७, सिकन्दर राजाले ४६ र क्यारिग एरिभले ४२ रनको योगदान दिए ।

युएईका महम्मद तकिरले २ तथा महम्मद नाविद, अजमद जाभेद, नासिर अजिद र कृष्ण चन्द्रनले १–१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८५ रन बनाएको थियो । युएईका लागि साहिमान अनवरले सर्वाधिक ६७ रन जोडे ।

यसैगरी खुराम खानले ४५, कृष्णचन्द्रनले ३४, स्वप्निल पटेलले ३२ रन जोडे । जिम्बावेका टेन्डाई चातराले ३, सोलोमन मिरे र सेन विलियम्सले समान २–२ विकेट लिए ।

सम्बन्धित खबरहरु