road accident७ फागुन, चितवन ।  चितवनको रत्ननगरस्थित शान्तिचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको कठार गाविस– ६ बस्ने ३० वर्षीय कृष्ण गिरी रहेको प्रहरीले जानकारी दिएको छ । अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नारायणगढबाट हेटौँडा जाँदै गरेको ना ५ख ५८७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा १ख ६६७४ नम्बरको तरकारी बोकेको मिनी ट्रक एकापसमा ठक्कर खाई सो दुर्घटना भएको हो ।

बिहान करिब ३ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तरकारी बोकेका मिनी ट्रकका चालक गिरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्युभएको प्रहरीले जनाएको छ ।

उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । अन्य सबै घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सम्बन्धित खबरहरु