michael-clarkeअष्ट्रेलियाका कप्तान माइकल क्लार्क शनिबार विश्वकपमा बंगलादेशविरुद्ध खेल्ने भएका छन् ।

चोटका कारण उनले विश्वकपको पहिलो खेल गुमाएका थिए, जुन खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १११ रनले पराजित गरेको थियो ।

३३ वर्षका क्लार्कले जर्ज बेलीको स्थान लिनेछन् । अष्ट्रेलियाका प्रशिक्षकले पनि क्लार्क टीममा फर्कने समाचारको पुष्टि गरेका छन् ।

क्लार्क २०१४ मात्र पाँच पटक चोट बोक्न पुगेका थिए । डिसम्बेरमा भारतविरुद्धको पहिलो टेष्टमा रिटायर्ड हट भएका उनी अन्तिम दिन मैदानबाट बाहिर भए र पुरै सिरिज गुमाए ।

सम्बन्धित खबरहरु