dollarकाठमाडौं । अमेरिकी डलरको भाउ डेढ महिनायताकै महंगो भएको छ ।बिहीबार प्रतिडलर ९९ रुपैयाँ ४५ पैसामा किनेर १०० रुपैयाँ ५ पैसामा बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ । यो गत पुस २५ गते यताकै महंगो हो ।

पुस २५ गते भने राष्ट्र बैंकले एक डरल ९९ रुपैयाँ ९८ पैसामा किनेर १०० रुपैयाँ ५८ पैसामा बिक्री गरेको थियो । त्यसयता घटेर माघ १४ गते सबैभन्दा कम ९७ रुपैयाँ ९४ पैसामा किनेर ९८ रुपैयाँ ५४ पैसामा बिक्री गरेको थियो ।

वितेका पाँच दिनदेखि लगातार घटेको डलरको भाउ बिहीबार एक्कासी महंगिएको हो ।

फागून १ गते १०० रुपैयाँ १ पैसा रहेको डलरको बिक्री मुल्य त्यसयता लगातार पाँच दिन घटेर फागुन ६ गते ९९ रुपैयाँ ७६ पैसामा झरेको थियो ।

राष्ट्र बैंकले खुल्ला बजार विनिमयका अाधारमा डलरको भाउ तोक्ने गर्छ । अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेपछि नेपालमा पनि बढेको हो । नेपालको अर्थतन्त्र अायातमा अाधारित भएकाले डलरको मुल्य बढ्दा नेपाललार्इ नोक्सान हुन्छ ।

सम्बन्धित खबरहरु