Baburamनवलपरासी । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले काँग्रेस एमालेको हालत पूर्व राजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिएका छन् ।

नवलपरासीेमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले ३० दलीय मोर्चाले गरेको आन्दोलनलाई कमजोरी नठान्न काँग्रेस एमालेलाई चेतावनी दिए ।

जनतासँग मिलेर बस्न नसकेकै कारण राजतन्त्रको अन्त्य भएको दावी गर्दै उनले काँग्रेस एमाले पनि जनतासँग मिलेर बस्न नसके सोही हालतमा पुग्ने बताए ।

नेता भट्टराईले काँग्रेस एमाले २००७ सालदेखिको जनताको मागलाई बेवास्ता गर्दै २०४७ सालको संविधानमा नै नयाँ गाता फेरेर ल्याउन खोजेका कारण अहिले समस्या भएको उल्लेख गरे ।

शान्ति प्रक्रियाको आधा हिस्सेदार माओवादी भएकोले आफूहरुको सहमति बिना आउने संविधानको कुनै औचित्य नहुने भन्दै उनले सहमतिबाट नै संविधान जारी हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबरहरु