nudeएजेन्सी । यही फ्रेबु्रअरी १४ मा संसारभर रिलिज भएको हलिउड फिल्म ‘फिप्टी शेड्स अफ ग्रे’ भारतमा रिलिज हुने भनिएपनि हुन सकेन ।

भारतमा यसको रिलिजका विषयमा विवाद भएपछि ग्रिन सिग्नल नमिलेको हो । यस फिल्मा करिब २० मिनेटको अन्तरंग दृश्यले गर्दा विवाद खडा भएको हो ।

Fifty Shades of Gray

सेन्सर बोर्डबाट पास नभएका कारण प्रदर्शनमा आउन नसकेको यो फिल्म आगामी मार्च सम्ममा रिलिज गर्ने कोशिस भइरहेको निर्माण पक्षले जनाएको छ । फिल्मका केही उत्तेजक दृश्य काट्न भनिएपनि त्यसको निर्णय आइसकेको छैन ।

भारतीय सेन्सर बोर्डका सदस्य अशोक पण्डितले भारतमा फिल्ल रिलिज हुनै नसक्ने भनाई गलत भएको बताए । हलिउड फिल्मलाई रोक्न सेन्सर बोर्डलाई समेत कठिन परेको छ ।

fifty-shades-grey

अमेरिका र युरोपमा यस फिल्मको जोडदार ओपनिङ भएको छ । यो फिल्म पहिलो हप्तामा सबैभन्दा बढी कमाउने वयस्कको फिल्म बनेको छ । यसको सिक्वेल बनाउने तयारी समेत सुरु भएको छ ।

Fifty Shades of gray 2

सम्बन्धित खबरहरु