विश्वकपमा पाकिस्तानविरुद्ध शानदार पारी खेल्ने सुरेश रैना यो विश्वकपको युवराज सिंह बन्न चाहन्छन् ।
सन् २०११ को विश्वकपमा युवराज सिंहले भारतलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए र म्यान अफ दि टुर्नामेन्ट पुरस्कार पनि जितेका थिए ।
यो पटक युवराज सिंह भारतीय टीममा छैनन् । तर, सुरेश रैना यो पटक आफ्नो टीमका लागि युवराज सिंह बन्न चाहन्छन् ।
पाकिस्तानविरुद्धको खेलमा चौथो नम्बरमा ब्याटिङ गर्न गरेका उनले मात्र ५६ बलमा ७४ रनको पारी खेले । भारतले उक्त खेलमा पाकिस्तानलाई ७६ रनले हराएको थियो ।
रैना पाकिस्तानविरुद्धको खेलमा आफ्नो सफलताको श्रेय युवराज सिंह र महेन्द्र सिंह धोनीलाई दिएका छन् । बीसीसीआई टीभीसँगको कुराकानीमा रैनाले भने-आफूले आफ्नो स्वभाविक खेल अनुशासन गर्नुपर्छ, जुन मैले युवराज सिंह र धोनीबाट सिकेको हुँ ।’
पछिल्लो विश्वकपमा लो अर्डरमा ब्याटिङ गर्ने मौका पाएका उनले केही खेलमा ब्याटिङ नै गर्नु परेन । उनले भने-मैले युवीको खेल हेरेँ र यो पनि देखेँ कि युवराजले खेल जिताए ।’
उनले अघि भने-‘म यो विश्वकपमा युवराज सिंहको भूमिका निभाउन चाहन्छु । फिल्डिङ गर्नु चाहन्छु, बलिङ गर्न चाहन्छु र राम्रो ब्याटिङ पनि ।’