काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देशमा दोस्रो जनआन्दोलनपछि दलहरूसँग सहमति तथा समझदारी भएको दाबी गरे पनि राजनीतिक दलहरूले भने उनीसँग कुनै पनि प्रकारको गोप्य सहमति तथा समझदारी नभएको स्पष्ट पारेका छन् ।
पूर्वराजा शाहले बुधबार जारी गरेको विज्ञप्तिमा दलहरूसँग आफूले गरेका सहमति तथा स झौता कार्यान्वयन गर्न माग गरेका थिए।
तत्कालीन राजासँगको वार्तामा सहभागी एमाले नेता एवं तत्कालीन अध्यक्ष माधवकुमार नेपालले कुनै पनि सहमति नभएको उल्लेख गर्दै सम्पूर्ण अधिकार जनतालाई दिनेमात्रै सहमति भएको बताए ।
′कुन सहमति, कहिले भएको ? उनीसँग केही सहमति भएको छैन′, नेपालले भने, ′सम्पूर्ण अधिकार जनतालाई दिनुपर्छ भन्ने हाम्रो धारणा थियो। त्यहीअनुसार २०६५ जेठ १५ गते संविधानसभाले टुंगो लगाएको हो।′
कांग्रेस उपसभापति एवं दोस्रो जनआन्दोलनको सफलतापछि तत्कालीन राजाले सम्बोधन गर्ने सन्देशको ड्राफ्टमा सहभागी रामचन्द्र पौडेलले उनीसँग कुनै पनि गोप्य सहमति नभएको बताए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।