काठमाडौं । प्रतिपक्षी सभासदहरुले बहिस्कार गरेपछि सार्वजनिक लेखा समितिमा छानबिनका लागि परेका आर्थिक अनियमितताका ८८ वटा उजुरी अलपत्र छन् ।

समिति सभापति एवं एमाओवादी नेता जनार्दन शर्मा स्वयं बैठकमा आउन छाडेपछि छानवीनको काम अघि बढ्न नसकेको हो ।

बहिस्कारका कारण चमेलिया जलविद्युतमा भएको अनियमितता, विमान खरिद प्रकरण, एन्फामा भएको भ्रष्टाचार, सेना, प्रहरीको रासन खरिदमा अनियमिताजस्ता प्रकरणमा छानवीन हुन सकेको छैन ।

आफैले यसअघि दिएका विभिन्न निर्देशन, सार्वजनिक निकायले दिएका प्रगतिविवरण, महालेखाले औंल्याएको वेरुजु प्रतिवेदन लगायतमा समेत ध्यान दिन सकेको छैन । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु