bijay_joli_bjp_leaderकाठमाडौँ । भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा धर्म परिवर्तन बढेकाले भारत चुप लागेर बस्न नसक्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै धर्म परिवर्तनले भारतको सुरक्षा चुनौती बढ्ने भन्दै त्यसलाई रोक्न उचित कदम चाल्ने बताए ।

धर्म परिवर्तनलाई रोक्न प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरूको ध्यानाकर्षण गराएको उनको भनाई छ । भाजपाका पूर्व विदेश विभाग प्रमुख समेत रहेका जोलीले सहमतिमै संविधान निर्माण गर्न नेपालका राजनीतिक दलका नेताहरूलाई आग्रह गरे ।

भारत सरकार संख्याका आधारमा नभई सहमतिमै संविधान बनोस् भन्ने पक्षमा रहेको पनि उनले उल्लेख गरे ।

नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारी हुँदै नेपालको शान्ति प्रक्रिया अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले सहमतिको बाटोलाई नछाड्न सुझाव दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहमतिबाट संविधान निर्माण गर्न सुझाव दिएको स्मरण गराउँदै नेपाल मामलामा मोदीको धारणामा कुनै परिवर्तन नआएको उनले स्पष्ट पारे ।

सम्बन्धित खबरहरु