Narayan-Man-Bijukchheभक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एक मधेश एक प्रदेश भारतको एजेन्डा भएको दावी गरेका छन् ।

रफत सञ्चार क्लव भक्तपुरले बिहीबार आयोजना गरेको अन्र्तसंवाद कार्यक्रममा बिजुक्छेंले भारतीय जनता पार्टीका उपाध्यक्ष रेणुदेवीले एक मधेश एक प्रदेशको नाममा नेपाललाई विखण्डन गर्न खोजेको भनाइ प्रति भारतीय राजदूतावासले खण्डन प्रकाशित गर्नुले पनि बैदेशिक हस्तक्षेप रहेको थप पुष्टि हुने टिप्पणी गरे ।

अध्यक्ष बिजुक्छेंले एकीकृत माओवादीले समानान्तर सरकार चलाउछुु भनेर धम्की दिनुमा सरकारकै कमजोरी भएको बताए ।

उनले भने, कसैले समानान्तर सरकार चलाउँछु भन्नुको कुनै वैधानीक हैसियत नभएकाले त्यसलाई चाहेमा सरकारले तत्काल खारेजी गरेर कारवाहि गर्ने हैसियत राख्नु पर्ने बताए ।

सम्बन्धित खबरहरु