England-Squad-For-World-Cup-2015-ICC-Cricket-World-Cup-2015इंग्ल्याण्डले वन डे विश्वकपको सबै संस्करण खेलेको छ । तर, उपाधि जित्न सकेको छैन ।

विश्वकपको ११ संकरणसम्म आइपुग्दा प्रत्येक संस्करणमा कप्तान परिबर्तन गर्ने एकमात्र टीम इंग्ल्याण्ड हो । अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा इङग्ल्याण्डको कप्तानी गरिरहेका ओइन मोर्गान ११ औं संस्करणको विश्वकपका ११ औं कप्तान हुन् ।

सन् १९७५ को पहिलो विश्वकपमा माइक डेनिसले इङ्लिस टिमको कप्तानी गरेका थिए । घरेलु मैदानमा सम्पन्न विश्वकपको पहिलो संस्करणमा इंग्ल्याण्डले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।

१९७९ को विश्वकप पनि इंग्ल्याण्डमै भयो । त्यसबेला माइक व्रिअलीले कप्तानी गरेका थिए । घरेलु टोली फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

१९८३ को विश्वकप पनि इंग्ल्याण्डमै भयो । बब विलिसले कप्तानी गरेको टीम घरेलु टोली सेमिफाइनलमा भारतसँग हारेको थियो ।

सन् १९८७ मा भारत र पाकिस्तानले संयूक्त रुपमा आयोजना गरेको विश्वकपमा इंग्लिस टीमको कप्तानी माइक ग्याटिङले गरेका थिए । त्यो विश्वकपमा इंग्ल्याण्ड फाइनलमा अष्ट्रेलियासँग पराजित भयो ।

१९९२ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएको विश्वकपमा इंग्ल्याण्डको कप्तान ग्राहम गुचले सम्हाले । त्यसबेला इङग्ल्याण्ड फाइनलमा पाकिस्तानसँग पराजित भयो । उक्त संस्करणमा पाकिस्तान च्याम्पियन बन्यो ।

सन् २०११ को विश्वकपमा इङलिस टोलीको कप्तानी एन्ड्रयू स्ट्रासले गरेका थिए । त्यसबेला इंग्ल्याण्ड क्वाटर फाइनलबाटै बाहिरिएको थियो ।

यो पटक ओइन मोगार्नको कप्तानीमा रहेको इंग्ल्याण्डले आफ्नो दोस्रो खेलमा शुक्रबार न्यूजिल्याण्डसँग खेल्दैछ । पहिलो खेलमा उपाधिको बलियो दाबेदार अष्ट्रेलियासँग १११ रनले पराजित भएको थियो ।

सम्बन्धित खबरहरु