madhav kumar nepalरौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलहरुबीच बढेको चिसोपनाका कारण गणतन्त्र विरोधी शक्तिहरुसक्रिय भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेता नेपालले निर्धारित समयमा संविधान बनाउने विषयमा दलहरुबीच सहमति एवं सम्वादलाई विगार्न विभिन्न शक्तिहरु चलखेलमा लागेको भन्दै उनले यसले लोकतन्त्रप्रेमीमा चिन्ता थपेको उल्लेख गरे ।

कर्मचारी मिलन केन्द्रमा बिहीबार ३० दलीय मोर्चाका कार्यकर्ताहरुले नेता नेपाललाई मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न आग्रह गर्दै आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र विरोधी शक्तिहरुका कारण गणतन्त्रमाथि कालो बादल मडारिरहेको टिप्पणी गरे ।

मुलुकलाई लामो समय सम्म अनिर्णयको बन्दी बनाउन नहुने जिकिर गर्दै नेता नेपालले जनताको भावनालाई आत्मसाथ गरी अघि बढ्न र संविधान जारी गराउने कार्यमा सवैको सकारात्मक एवं रचनात्मक सहयोग विना सम्भव नभएको उल्लेख गरे ।

सम्बन्धित खबरहरु