Khum-bahadur-Khadkaदाङ । नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खडकाले मुलुकलाई हिन्दू राष्ट्र घोषणा गर्नका लागि आन्दोलन गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नका लागि आगामि चैत्र देखि देशव्यापी आन्दोलन गर्ने बताए ।

खडकाले आन्दोलको नेतृत्व समेत आफैंले गर्ने घोषणा समेत गरे । हिन्दु राष्ट्र घोषणा गर्ने आन्दोलनमा काँग्रेसको झण्डा भने नहुने प्रष्ट पारे ।

नेता खडकाले आन्दोलमा हिन्दु धर्म कायम गर्नु पर्छ भन्ने सवै पार्टीका नेतासँग सहकार्य हुने भन्दै आन्दोलमा नेपालको राष्ट्रिय झण्डा बोक्ने जानकारी दिए ।

८१ प्रतिशत हिन्दु भएको देशलाई जर्वजस्ती धर्म निरपेक्ष बनाइए त्यो दल र नेता दुवैलाई घातक हुने खडकाको चेतावनी थियो । हिन्दु राज्यका लागि संविधान सभाबाट सम्भव नभए जनमत संग्रहबाट छिनोफानो गर्नुपर्ने उनको भनाई छ ।

काग्रेस केन्द्रीय सदस्य समेत रहेका खडकाले हिन्दु राज्य घोषणाका लागि काँग्रेस सहमत नभए काँग्रेस पनि संकटमा पर्ने बताए ।

युरोपियन युनियन र माओवादीका केहि नेताका कारण देशलाई धर्म निरपेक्ष घोषणा गरिएको भन्दै त्यो जनतालाई मान्य नहुने बताए । जनताले धर्म निरपेक्षका बारेमा कुनै पनि आन्दोलन नगरेको भन्दै त्यो नसच्याए जनताले कुनै पनि दल र नेतालाई नछोडने चेतावनी समेत दिए ।

सम्बन्धित खबरहरु