Sushil Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संघर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्ने काममा जुट्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

६५ औं प्रजातन्त्र दिवसको अवसरमा बिहीबार सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले सरकार संविधानसभालाई सार्थक बनाएर संक्रमणकालको अन्त्य गर्ने प्रयासमा रहेको बताए ।

उनले सबै दलसँग संवाद जारी राखेको उल्लेख गर्दै नयाँ संविधानमा सबै जाति, भाषा र धर्मको अधिकार सुरक्षित हुने दाबी पनि गरे ।

त्यस्तै प्रधानमन्त्री कोईरालाले एकता र मेलमिलाको आधारबाट नयाँ संविधान जारी गरी देशलाई समृद्धिमा लैजानुपर्ने भन्दै आग्रह–पूर्वाग्रह त्याग्न सबै दललाई आग्रह गरे ।

समारोहमा राष्ट्रपति डा.रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, संवैधानिक निकायका प्रतिनिधि, मन्त्रीहरु, सभासद र कुटनीतिक क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल र नेपाल स्काउटले मार्चपास गरेका थिए ।

सम्बन्धित खबरहरु