Australia-team-squad-for-icc-world-cup-2015बंगलादेशविरुद्ध मैदान उत्रँदा अष्टे्रलियाले सन् २००५ जुन १८ लाई शायदै भुल्छ । यो बंगलादेशविरुद्धको सुनौलो इतिहासमा भएको एउटा कालो दिन हो अष्ट्रेलियाका लागि ।

इंग्ल्याण्डसहितको त्रिकोणात्मक श्रृखलामा अष्ट्रेलिया इतिहासमै पहिलो पटक बगंलादेशसँग पराजित भएको थियो । त्यस खेलले अष्ट्रेलियालाई साना टिमलाई हल्का रुपमा लिनु हुन्न भन्ने ठूलो पाठ सिकाएको छ ।

शनिबार विश्वकपको आफ्नो दोस्रो खेलमा बगंलादेशविरुद्ध उत्रँदा पनि अष्ट्रेलिया यही दबावमा हुनेछ ।

अष्ट्रेलिया र बंगलादेश अहिलेसम्म १९ पटक एकदिवसीय क्रिकेटमा भिडेका छन् । जसमध्ये १८ पटक अष्टे्रलियाले बाजी मारेको छ भने मात्र १ पटक बगंलादेशले अष्टे्रलियालाई हराएको छ ।

सन् २००५ मा अष्टे्रलिया बंगलादेशबिरुद्ध खेल्दा माइकल क्र्लाक पनि खेलेका थिए । उनले त्यस खेलमा ५४ रन बनाएपनि हार टार्न पयाप्त भएन ।

त्यसबेला अष्टे्रलियाका एक्स फयाक्टर एन्डि्रयू साइमन्डलाई प्लेइङ-११ मा स्थान दिइएको थिएन । धेरै जसो अष्ट्रेलियन खेलाडी त्यो दुःस्वप्न सम्झन चाहन्नन् ।

र त्यसबेला हारको एउटा कारण साइमन्डलाई टीममा स्थान नदिनु भएको भन्नेहरु पनि धेरै छन् ।

अष्ट्रेलियाका विकेटकिपर ब्राड हृयाडिनले भने-‘बंगलादेशको टीममा नम्बर १ अलराउन्डर सकिब अल हसन छन् । उनीबाहेक अरु म्याच विनर पनि छन् त्यसैले अनीहरुलाइ सहज रुपले लिन मिल्दैन ।’

shakib al hasan

उनले भने-यदि उनीहरु निडर भएर खेले भने उनिहरुले राम्रो च्यालेन्ज लिन सक्छन् ।’

अष्ट्रेलियाले शनिबार बंगलादेशसँगको खेलमा आफ्ना चारै फास्ट बलरलाई पहिलो रोजाइमा स्थान दिने बताएको छ । कप्तान क्लार्क पनि टीममा फर्कने छन् ।

आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १११ रनले हराएको थियो भने बंगलादेशले अफगानिस्तानलाई स्तभ्ध पारेको थियो ।

सम्बन्धित खबरहरु