Saraswati-Chaudharyकाठमाडौं । क्षेत्र नम्बर ७ जनकपुर महिला राष्ट्रिय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा जनकपुरले क्षेत्र नम्बर ६ बैतडीलाई ४ विकेटले पराजित गर्‍यो । उसले अब उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र क्षेत्र नम्बर ५ नेपालगञ्जको विजेतासँग खेल्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर बैतडीले प्रस्तुत गरेको ९० रनको लक्ष्य जनकपुरले २७.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि शोभा आलेले ३२ रन बनाइन् भने सरस्वती चौधरीले २७ रनको योगदान दिइन् ।

रेखा रावलले ३ विकेट लिइन् भने अञ्जली चन्द र आशा सार्कीले १-१ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको बैतडीले ३४.३ ओभरमा १० विकेट गुमाएर ८९ रन बनाएको थियो । उसका लागि कविता कुवरले २२ रन बनाइन् भने मञ्जु बागटीले १६ र अंजली चन्दले १५ रन बनाइन् ।

उसलाई सस्तैमा समेट्ने क्रमममा कविता गौचनले ३ विकेट लिइन् भने सरस्वती चौधरी र सन्तोषी चौधरीले २-२ विकेट हात पारिन् ।

सरस्वती प्लेयर अफ दि म्याच बनिन् ।

सम्बन्धित खबरहरु