ऋण लगानी गर्ने ठाउँ नभेटेर छटपटीमा बैंकहरु

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ८ फाल्गुण, २०७१

काठमाडौं । केही समयअघिसम्म ऋण लगानी गर्ने ठाउँ नभेटेर छटपटीमा परेका बैंकहरु यतिखेर ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका   छन । पछिल्लो समयमा प्रवाहित भएको ऋणको वृद्धिको अनुपातमा निक्षेप बढ्न नसक्दा बैंकिङ क्षेत्रमा यस्तो परिस्थित आइपरेको हो । राष्ट्र बैंकका अनुसार माघ २३ गतेसम्ममा बैंकहरुले १२ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० खर्ब ३७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन । उक्त अवधिमा बैंकहरुको औषत कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८१ प्रतिशत पुगेको छ । पुस पहिलो सातादेखि लगातार तीनहप्ता ८० प्रतिशत रहेको सिडी रेसियो माघ दोस्रो र तेस्रो साता ८१ प्रतिशत पुगेको हो । अहिलेको सिडी रेसियो २०११ माघ १५ यताकै उच्च हो । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरुले सिडी रेसियो ८० प्रतिशतभन्दा बढी राख्न पाउने छैनन् । यसको मतलब १०० रुपैयाँ निक्षेप संकलन गर्ने बैंकले ८० रुपैयाभन्दा बढी ऋण दिन सक्दैन । बैंकिङ इन्डि्रष्टिको औषत सिडी रेसियो ८१ प्रतिशत भएकाले बैंकहरु थप लगानी गर्न सक्ने हैसियतमा छैनन ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७