युवतीमाथि बलात्कार गरेको आरोपमा छजनामाथि मुद्दा दायर

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ८ फाल्गुण, २०७१

balika balatkarभीमदत्तनगर । कञ्चनपुरको पुनर्वासमा ६ दिनअघि एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले छजनामाथि मुद्दा दायर गरेको छ ।

पुनर्वास नगरपालिका–५ उध्रीमा स्थानीय भजौरा रानाको घरमा विवाहमा आएको बाजा बजाउने टोलीका छजनामाथि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा मुख्य दोषी देखिएका गोविन्द रानासहित छजनालाई मुद्दा दायरपश्चात् थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले घटनाको थप अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण पछि सार्वजनिक गरिने बताए ।

विवाहमा स्थानीय २० वर्षीया राना समुदायकी युवतीलाई उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका पनि सबै राना थारू समुदायकै हुन् ।

पीडित महिलाले आफूलाई एकजनाले जबर्जस्ती उखुबारीमा लगेर बलात्कार गरेको प्रारम्भिक बयान दिएकी थिइन् । तर प्रहरीले बाजा बजाउने टोलीका तीन सदस्यबाहेक अन्य कुनै न कुनै रुपमा दोषी देखिएकाले मुद्दा दायर गरिएको जनाएको छ । महिलाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७