काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको राजनीतिमा रामहरी जोशीको योगदान प्रेरणादायी भएको बताएका छन् ।
शुक्रबार पार्टी मुख्यालय सानेपामा पार्टीका पुराना नेता एवं पुर्व मन्त्री रामहरी जोशीको ‘अध्रोरोबाट उज्यालोतिर’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले भारतका गान्धी र नेपालका रामहरी उस्तै भएको बताए ।
उनले भावुक मुद्रामा रामहरी जोशीहरुको प्रेरणकै कारण आफु यहाँसम्म आइपुगेको बताए । उक्त पुस्तकमा २००७ सालको क्रन्ति पछिका राजनीतिक घटनाक्रम समेटीएको छ ।