दुइ जना काठ तस्कर पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार ८ फाल्गुण, २०७१

kaathपर्सा । पर्सा जिल्लाको पटेर्वा सुगौली—९ बाट गएराति इलाका वन कार्यालय रङ्गपुरको गस्ती टोलीले तीनवटा साइकलमा लोड रहेको सालको काठसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोनवर्षा गाविस भतौडा गाउँ निवासी जयनारायण नुनियाँ र प्यारेलाल नुनिँया रहेका छन् । राष्ट्रिय वनबाट काठ कटान गरी अवैध रुपमा ल्याइरहेको अवस्थामा इलाका वन कार्यालय रङ्गपुरका जम्दार मित्रदेव चौधरीको नेतृत्वमा रहेको वन गस्ती टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय रङ्गपुरमा राखिएको छ । पर्साको राष्ट्रिय जङ्गल फँडानी बढेपछि पछिल्ला दिनमा वन गस्ती टोलीले पनि जङ्गल फँडानीविरुद्ध अभियान चलाएको जिल्ला वन कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७