भारत । पुणेको यरवडा जेलमा रहेका अभिनेता सञ्जय दत्तले जेल भुक्तान गरिसके पछि थप चार दिन जेल वस्नु पर्ने भएको छ ।
जेलबाट केहि दिनको छुट्टिमा घर गएका दत्त विना जानकारी थप चार दिन घर बसेका थिए ।
गृह राज्य मन्त्री राम शिन्देले जनाए अनुसारदत्त १४ दिनको छुट्टिमा घर गए पनि उनी चार दिन थप घरमा बसेका थिए ।
दत्तलाई मुम्वइको स्पेशल कोर्टले गैर कानुनि ढंगबाट हतियार रखेको तथा मुम्बई मा भएको बम हमलामा संलग्न भएको सजाय सुनाएको थियो ।