मुम्बई । बलिउड नायिका प्रियंका चोपडालाई चाहनेहरुका लागि यो खबर दुःखद हुन सक्छ । पछिल्लो दिनहरुमा प्रियंका चोपडा आमा बन्ने तयारीमा व्यस्त छिन् ।
वास्तममै तपाई यो सही खबर पढ्दै हुनुहुन्छ । यो सुनेर केहीको दिल टुट्न सक्छ तर यो अबर साँचो हो । यो कुरा हामीले भन्दा पनि फिल्मफेयर म्यागाजिनको कभर पेजले बताएको हो ।
ठूलो ग्ल्यामर म्यागाजिनको नयाँ अंकको कभरपेजमा प्रियंकाको तस्वीर छापिएको छ जहाँ उनको आमा बन्ने तयारीका बारेमा कुराकानी गरिएको छ । यही लाईनमा पढेर प्रियंकासँग गरिएको कुराकानी कति रोचक छ भन्ने अनुमान लगाउन सकिन्छ । म्यागाजिनको ताजा अंक बाहिर आएसँगै यसको वास्तविकता खुल्नेछ ।