काठमाडौं । छ एकान छ ले सफलता पाएपछि उत्साहित भएको निर्माण पक्ष अहिले वडा नम्बर छ को सुटिङमा व्यस्त छ ।
हाँस्य कलाकारत्रय दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर निर्माण सुरु गरेको दोस्रो फिल्म ‘वडा नम्बर छ’को छायांकन टोली मलेसिया पुगेको छ ।
कलाकार दिपकराज गिरीले मलेसियामा नायिका प्रियंका कार्कीसँग अंगालोमा बाँधिएको फोटो शेयर गरेका छन् ।
उज्ज्वल घिमिरेले निर्देशन गरेको यो फिल्मका लागि दीपकराज गिरी, प्रियंका कार्की, सिताराम कट्टेल, केदार घिमिरे माग्नेबुढा, जितु नेपाल दयाहाङ राई र अरुणा कार्की मूख्य भूमिकामा देखिनेछन् ।
अभिमन्यू निरवीले लेखेको फिल्म ‘छ एकान छ’ को जस्तै कमेडी स्वादमा हुनेछ । छ एकान छमा शहरिया परिवेशको कमेडी थियो, यसमा गाउँले परिवेशको कमेडी हुने जनाइएको छ ।