india_missileभारत । भारतले बिहीबार छोटो दूरीको क्षेप्यास्त्र सफलताका साथ परीक्षण गरेको जनाएको छ ।

पृथ्वी दोस्रो नाम रहेको सो क्षेप्यास्त्र भारतको पूर्वी राज्य ओरिसामा परीक्षण गरिएको हो ।

पृथ्वीबाट पृथ्वीमा मार हान्ने सो क्षेप्यास्त्रको क्षमता करिब ३५० किलोमिटरसम्म मार हान्नसक्ने रहेको छ ।

भारतीय सैनिक स्रोतका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार ९.३० मा सो क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।

सम्बन्धित खबरहरु