yemenएजेन्सी । यमनको दक्षिणपूर्वी प्रान्तमा यमनी सैनिक र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा आठ सैनिकको मृत्यु भएको छ ।

दक्षिणपूर्वी प्रान्त हद्रामावटमा यमनी सैनिक र आदिवासी विद्रोहीबीचे झडप भएको हो ।

यमनी एक ठूलो सहर वादी दवानको तेल क्षेत्र नजिकै भएको यस झडपमा अन्य तीन सैनिक अधिकारी घाइते भएका जनाइएको छ ।

प्रत्यक्षदर्शीहरुले सैनिकको एक समूहमाथि सशस्त्र आदिवासीले आक्रमण गरेको जानकारी दिएका छन् ।

आदिवासीको आक्रमणपछि सैनिक समूह र सो आदिवासी समूहबीच दोहोरो गोली हानाहान भएको थियो ।

सम्बन्धित खबरहरु