barak-obamaएजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हाल आइएस विरुद्ध सुरु गरिएको लडाईं समग्र इस्लाम विरुद्धको नभएको स्पष्ट पारेका छन् ।

उनले आफुहरु इस्लाम विरुद्धको युद्धमा भएको कसैले पनि सोच्नु नहुने बताए । ह्वाइट हाउसमा सुरु भएको हिंसात्मक आइएस विरुद्धको कारबाहीको ऐक्यद्धता सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले भने ‘हामी ती व्यक्तिहरुका विरुद्धको युद्धमा छौँ जसले इस्लाम धर्मकै दुरुपयोग गरिरहेका छन् र जसले यस दर्शनकै विरुद्धमा काम गरिरहेका छन् ।’

अमेरिकाको आह्वान र आयोजनामा अमेरिकी ह्वाइट हाउसमा इस्लाम विरुद्धको कारबाहीका लागि विश्वका विभिन्न देशको सहभागितामा सम्मेलन सुरु भएको  छ ।

सो सम्मेलनमा आइएसका विरुद्धमा के कसरी एकताबद्ध भएर लड्न सकिन्छ भन्ने बारेमा कुराकानी भइरहेको बताइएको छ ।

सम्बन्धित खबरहरु