Maliएजेन्सी । अफ्रिका महादेशको गरिब मुलुक मालिमा जारी हिंसा अन्त्य गर्नकालागि सरकार र विद्रोही पक्ष सहमत भएका छन् ।

मालीको उत्तर पुर्वी क्षेत्रमा सशस्त्र युद्ध गर्दै आएको विद्रोही समुहले सरकारसँग वार्ता गर्न तयार रहेको जनाएपछि युद्धविराम हुने भएको हो । त्यहाँ आन्दोलनरत विभिन्न ६ वटा संगठनहरुले संयुक्त रुपमा युद्ध विराम गर्ने सहमति जनाएका  छन् ।

उक्त क्षेत्रमा स्वायत्तताको माग गर्दै लामो समयदेखि राज्य विरुद्धको संघर्ष जारी रहेको थियो ।

माली सरकारले ती क्षेत्रहरुलाई विशेष अधिकारको ग्यारेन्टी गर्ने जनाउँदै आएको छ । तर, विद्रोहीहरुले स्वायत्तताको माग यथावत राखेका छन् ।

सम्बन्धित खबरहरु