एजेन्सी । सुर्य एउटा मात्रै छ र एक स्थानबाट मात्रै उदाउँछ । यो ध्रुव सत्य कुरा हो । तर, रसियाको एक गाउँमा भने एउटै सुर्य तीन ठाउँबाट उदाएपछि त्यहाँका स्थानीय चकित मात्र परेनन्, कुनै विनास वा चमत्कार त हुँदै छैन भनेर हल्ला गर्न थाले ।
काजकिस्तानको सिमाना भन्दा ८० माइल मात्र टाढा रहेको रसियाको चेलियास्विका भन्ने स्थानमा सुर्य तीन स्थानबाट उदाएको देखिएको थियो । तर, सुर्य एउटा मात्रै छ र एक स्थानबाट मात्रै उदाउँछ भन्ने सत्यता एकै छिनमा प्रमाणीत भयो ।
ओजन तहको साना साना वरफका टुक्राका कारण दृश्य भ्रम भएको थियो र तीन स्थानमा सुर्य उदाएको जस्तै देखिएको थियो ।
माइनस २५ डिग्रि भन्दा पनि थोरै मौसम भएका बेला यस्ता दृश्य देखिने गरेका छन् । फ्यानटम नि नाम दिइएको यो दृश्यले मानिसहरुलाई अचम्ममा पारेको थियो ।